काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं । काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कलंकीका ६४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर खगेश्वर गेलालले जानकारी दिए ।
डा गेलालका अनुसार ती पुरुषमा निमोनियाको समस्या देखिएपछि गत साउन १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको आज सोमवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
‘उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो,’ डा गेलालले भने, ‘उहाँ कलंकी ट्याक्लाफाँटका निकासी ६४ वर्षका पुरुष हुनुहुन्छ ।’
प्रकाशित मितिः २०७७ साउन २६ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ वैशाख २०८२ १५:०३
काठमाडौं उपत्यकाका सम्पदाहरु हाम्रो सभ्यताको चिनारी हो : मन्त्री पाण्डे
११ वैशाख २०८२ ९:४३
१९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
१० वैशाख २०८२ ७:३४
स्पेनिस ला लिगामा बार्सिलोनाको स्पष्ट अग्रता
११ वैशाख २०८२ १५:२०
आन्दोलनरत चिकित्सकहरुलाई प्रहरीको अवरोध
१० वैशाख २०८२ ७:३२