पछिल्लो २४ घण्टामा थपिए ३८० जना कोरोना संक्रमित

भक्तपुर न्यूज

२५ साउन २०७७ १०:५५

पछिल्लो २४ घण्टामा थपिए ३८० जना कोरोना संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २२ हजार ९ सय ७२ जना पुगेको छ ।

आइतबारसम्म ११ हजार ३८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ६ हजार ५ सय ४४ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख ३६ हजार ४४१ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

प्रकाशित मितिः २०७७ साउन २५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *