नगरपालिकाले सबै छात्रालाई स्यानेटरी प्याड वितरण गर्ने

भक्तपुर न्यूज

२५ साउन २०७७ ८:२१

नगरपालिकाले सबै छात्रालाई स्यानेटरी प्याड वितरण गर्ने

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्यनरत सबै छात्राहरूका लागि स्यानेटरी प्याडको व्यवस्था गर्ने भएको छ । महिनावारी भएको बेला छात्राहरूले कक्षा छोड्नुपर्ने समस्या समाधानका लागि नगरपालिकाका प्रत्येक विद्यालयका छात्राका लागि स्यानेटरी प्याडको व्यवस्था गरिने भएको हो ।

यस नगरपालिका भित्रका २२ वटा सामुदायिक बिद्यालयका छात्राहरूका लागि २ लाख ८० हजार वटा स्यानेटरी प्याड खरिद गरी ल्याइएको प्रशासन प्रमुख मानबहादुर बूढाथोकीले जानकारी दिए । उनका अनुसार समुदायक बिद्यालयमा अध्ययनरत किशोर अवस्थाका छात्राहरूलाई महिनावारीका बेला आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराइ उनीहरूको स्वास्थ्यमा सुधार गर्ने र महिनावरीको बेला विद्यालय छोड्ने समस्या समाधान गर्ने उदेश्यले स्योनेटरी प्याडको ब्यवस्था गर्न लागिएको हो । यस नगरपालिका भित्रका २२ वटा समुदायिक विद्यालयहरूमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत १९ सय ३९ जना किशोर अवस्थाका छात्राहरू रहेका उनको जानकारी दिए ।

प्रत्येक विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई प्याड उपलब्ध गराइने शिक्षा अधिकृत इन्द्रबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार प्रत्येक विद्यालयमा एक जना सम्पर्क व्यक्ति राखी एक पिरिएडमा एक जना छात्रालाई ६ वटाको दरले प्याड वितरण गरिनेछ । प्रत्येक बिद्यालयहरूले आफना छात्राहरूको संख्या नगरपालिकाको शिक्षा शाखामा उपलब्ध गराएको एक साता भित्रै प्याडहरू विद्यालयको जिम्मा लगाइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः २०७७ साउन २५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *