भक्तपुरमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि

भक्तपुर न्यूज

२५ साउन २०७७ ७:१६

भक्तपुरमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि

भक्तपुर । भक्तपुरमा २२ महिने बालक सहित एकै परिवारका तीन जनामा कोरोना भाईरस संक्रमण देखिएको छ ।शनिवार २८ बर्षीय आमा र २२ महिने बालकलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए ।

बालकको हात भाचिएपछि उपचारको लागि भक्तपुर को आदर्शमा रहेको सिद्धी स्मृति अस्पताल लगेकोमा थप उपचारको लागि भक्तपुर सल्लाघारी स्थित डा ईवामुरा अस्पताल लगेको थियो । उपचार अघि स्वाव परीक्षणका लागि पठाएको रिपोर्ट उपचार पछि आमा र बालक दुवैमा कारोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले शनिवार पुष्टि गरेको थियो ।

संक्रमित आमा र बालक दुवैलाई थप उपचारको लागि काठमाडौंको नेपाल प्रहरी अस्पताल लगिएको छ । गत श्रवण १९ गते नस्सालमा कार्यरत २२ महिने बालकका बुवा प्रहरी जवानलाई कारोना संक्रमण पुष्टि भएको थियो । आमा र बालकलाई उनै प्रहरी जवानवाट कोरोना सरेको हुन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताए ।

प्रकाशित मितिः २०७७ साउन २५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *