कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

भक्तपुर न्यूज

२५ साउन २०७७ ४:५६

कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

कास्की । कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा–१९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो।

यही साउन १७ गते अस्पताल भर्ना भएका उनी मधुमेहका रोगीसमेत भएको अस्पतालले जनाएको छ । उनको शनिबार राति ११:३५ बजे उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द्र’को सघन उपचारकक्षमा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

प्रकाशित मितिः २०७७ साउन २५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *