कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित १० देश

भक्तपुर न्यूज

२५ साउन २०७७ १:४६

कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित १०  देश

काठमाडौं। विश्वमा कोरोना संक्रमित मध्ये आधा भन्दा धेरै संक्रमणमुक्त भएका छन्। विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ९७ लाख ९३ हजार ८२८ पुगेको छ भने यसमध्ये एक करोड २७ लाख १३ हजार ७०४ संक्रमणमुक्त भएका छन्।

कोभिड–१९ बाट विश्वभर सात लाख २८ हजार ७८५ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित १० मुलुकमा अमेरिका, ब्राजिल, भारत, रुस, साउथ अफ्रिका, पेरु, मेक्सिको, कोलम्बिया, चिली र स्पेन रहेका छन्।

वल्डोमिटर्सको तथ्यांक अनुसारमा अमेरिकामा सबैभन्दा धेरै, ५१ लाख ४९ हजार २८५, ब्राजिलमा ३० लाख १३ हजार ३६९, भारतमा २१ लाख ५२ हजार २०, र रुसमा ८ लाख ८२ हजार २४७ जनामा संक्रमण देखिएको छ।

यसैगरी, साउथ अफ्रिकामा पाँच लाख ५३ हजाजर १८८, पेरुमा चार लाख ७१ हजार १२, मेक्सिकोमा चार लाख ६९ हजार ४०७, कोलम्बियामा तीन लाख ७६ हजार ८७०, चिलीमा तीन लाख ७१ हजार २३ र स्पेनमा तीन लाख ६१ हजार ४४२ जनामा संक्रमण देखिएको छ।

मृत्युदर पनि अन्य मुलुकभन्दा अमेरिका, ब्राजिल र भारतमा नै धेरै छ। अमेरिकामा हालसम्म एक लाख ६५ हजार ६७, ब्राजिलमा एक लाख ५४३ र भारतमा ४३ हजार ४५३ जनाको मृत्यु भएको छ।

प्रकाशित मितिः २०७७ साउन २५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *