उपत्यकाका तीनवटै जिल्लामा अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित
काठमाडौँ । उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले दिन सेवा १५ दिन प्रभावित हुने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकले शान्ति सुरक्षाका अत्यावश्यक सेवा बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिईन्। बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको छ । अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नु पर्ने तर यसका लागि कार्यालय प्रमुखले नै निर्णय गर्ने अख्तिायारी दिने तयारी भएको प्रमुख पाण्डेले बताईन्।
बैठकले कोरोना भाइरस संक्रमण हुनवाट जोगिन सरकारले टोकेका मापदण्ड कडाईका साथ लागु गरिने निर्णय गरेको प्रमुख पाण्ढेले बताईन् । साथै बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी सधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।
प्रकाशित मितिः २०७७ साउन २३ शुक्रबार