यस वर्ष पाटनस्थित कृष्ण मन्दिरमा मेला नलाग्ने
ललितपुर । यस वर्षको कृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा मेला नलाग्ने भएको छ । कोरोनाभाइरसको महामारीका कारण यस वर्ष पाटनको कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीका दिन मेला नलाग्ने भएको हो ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्थानीय प्रशासन र टोल सुधार समितिले मन्दिर बन्द गर्ने निर्णय गरेका हुन् ।
ललितपुर महानगरपालिका नगर कार्यपालिका कार्यालय र मंगल टोल सुधार संघ मंगलबजारले कोरोनाभाइरस संक्रमणको जोखिम रहेकाले कृष्ण जन्माष्टमीको दिन यस वर्ष घरमै पूजाआजा गरी परम्परालाई निरन्तरता दिन आग्रह गरेका छन्।
यस वर्षको श्रीकृष्ण जन्माष्टमी यही साउन २७ गते परेको छ। पशुपतिनाथमा पनि यस वर्ष साउनको सोमबारमा लाग्ने मेला तथा बोलबम कार्यक्रम पनि प्रभावित भएको छ ।
प्रकाशित मितिः २०७७ साउन २३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ वैशाख २०८२ १५:०३
काठमाडौं उपत्यकाका सम्पदाहरु हाम्रो सभ्यताको चिनारी हो : मन्त्री पाण्डे
१० वैशाख २०८२ ७:३४
स्पेनिस ला लिगामा बार्सिलोनाको स्पष्ट अग्रता
११ वैशाख २०८२ ९:४३
१९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
१० वैशाख २०८२ ७:३२
एक नेपालीसहित २८ जनाको निर्मम हत्या
११ वैशाख २०८२ १५:२०