कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु

भक्तपुर न्यूज

२३ साउन २०७७ ४:५१

कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । एक कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । सिराहाको गोलबजार १२ का २५ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

डाक्टर सापकोटाका अनुसार ती पुरुषमा साउन २२ गते ९हिजो० कोरोना पुष्टि भएपछि जनकपुर अस्पतालबाट बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो । उनी विगत २ वर्षदेखि मृगौलाको उपचार गराउँदै आएका थिए । उनको सातामा दुईपटक डायलाइसिस हुने गरेको थियो । संक्रमित पुरुषको डायलाइसिसकै क्रममा राति मृत्यु भएको सापकोटाले बताए ।

प्रकाशित मितिः २०७७ साउन २३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *