उपत्यकासहित २०० भन्दा बढी सक्रिय संक्रमित देखिएका ठाउँमा आजदेखि जोर विजोर लागू

भक्तपुर न्यूज

२२ साउन २०७७ ३:३३

उपत्यकासहित २०० भन्दा बढी सक्रिय संक्रमित देखिएका ठाउँमा आजदेखि जोर विजोर लागू

काठमाडौं । काठमाडौँ उपत्यकासहित २०० भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित देखिएका ठाउँमा आजदेखि जोर विजोर लागू भएको छ ।

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले सक्रिय संक्रमित २ सयभन्दा बढी देखिएका सबै जिल्ला र काठमाडौँ उपत्यकामा जोर विजोर लगाएको हो ।

‘जोर विजोर सबैतिर हैन, बिहिबारदेखि नै लागू हुने गरी २०० भन्दा बढी सक्रिय संक्रमित देखिएका स्थान र काठमाडौँ उत्यकाका हकमा लागू गर्ने निर्णय भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने ।

गृह मन्त्रालयले बुधबार राति जारी गरेको बिज्ञप्ति अनुसार अब साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौँ उपत्यका प्रवेशमा पनि प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक र ढुवानीका साधनमा भने यो प्रतिबन्ध लागू हुने छैन ।

जोर विजोर लागू भएसँगै फेरि सडकमा सवारी साधन पातलिएका छन् ।  जोर विजोर नियम अनुसार जोर दिन जोर नम्बरको र विजोर दिन विजोर नम्बरको सवारीसाधन सञ्चालन भए नभएकोबारे सुरक्षाकर्मीले बिहानैदेखि ठाउँठाउँमा चेकिङ सुरू गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, पर्सा, धनुषा, रौतहट र कैलालीमा कोरोनाका दुई सयभन्दा बढी सक्रिय संक्रमित छन्। ती जिल्लामा आजदेखि जोर विजोर नियम लागू भएको छ।


प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *