थप दुई जनाको मृत्यु , कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । २४ घन्टामा पर्सामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ६० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पर्सा जिल्ला पोखरिया नगरपालिका ९ की १८ वर्षीया एक किशोरीको निधन भएको हो ।
उनलाई साउन १९ गते झाडापखालाले सिकिस्त भइ नेशलल मेडिकल कलेज वीरगन्ज लाने क्रममा मृत्यु भएको थियो । स्वाब संकलन गर्दा उनमा कोरोना पुष्टि भएको थियो । उनको साउन २० गते कोरोना पुष्टि भएको हो ।
त्यसैगरी अर्का मृतकमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका बस्ने ४६ वर्षीय एक पुरुषको साउन २१ गते बुधबार कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनी केही वर्षदेखि मधुमेह रोगबाट पीडित थिए ।
प्रकाशित मितिः २०७७ साउन २१ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १६:३३
सरकार र शिक्षकबिच झन–झनै दूरी बढ्दै
९ वैशाख २०८२ १५:३६