पछिल्लो २४ घण्टामा थप १३० जना संक्रमणमुक्त भई डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घन्टामा थप १३० जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सहित नेपालमा हालसम्म १५ हजार १ सय ५६ उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। हाल ९ हजार ९ सय २५ जना हाल क्वारेन्टाइनमा छन् । आइसोलेसनमा ६ हजार ९ सय २५ जना रहेका छन्। भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ गरी ४ जिल्लामा संक्रमित शून्य भएका छन्।
आजसम्ममा प्रदेश १ बाट ९१६ , प्रदेश २ बाट ३ हजार २ सय १२ र बागमती प्रदेशबाट ५ सय ४३ जना कोरोना मुक्त भएका छन्। यस्तै गण्डकी प्रदेशबाट १ हजार ३ सय ६२ जना, प्रदेश ५ बाट ४ हजार ८८ जना, कर्णाली प्रदेशबाट १ हजार ७ सय ४४ जना र सुदूरपश्चिमबाट ३ हजार २ सय ९१ जना कोरोनामुक्त भएको गौतमले बताए।
कुल कोरोना निको हुनेको संख्या ७० दशमलव ८ प्रतिशत रहेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएर घर फर्किएको आजको प्रेस ब्रिफिङमा प्राडा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
प्रकाशित मितिः २०७७ साउन २१ बुधबार