मदन पुरस्कारकाे मनाेनयनमा परेका उत्कृष्ट ७ पुस्तक सार्वजनिक

भक्तपुर न्यूज

२१ साउन २०७७ ९:१५

मदन पुरस्कारकाे मनाेनयनमा परेका उत्कृष्ट ७ पुस्तक सार्वजनिक

काठमाडौँ। मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तकहरू छनौट गरेको छ । मदन पुरस्कारका लागि गुठीलाई २०७६ मा प्रकाशित १५१ पुस्तकहरू प्राप्त भएको जानकारी दिँदै सात पुस्तकको सूची सार्वजनिक गरेको हो । ‘प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको हो । छनौटमा परेका यी पुस्तकहरू मध्ये एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार अर्पण गरिनेछ ।’ गुठीद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।

छनौटमा परेका पुस्तकहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता योगी, धर्ममहारसको महारसनिघण्टु (खण्ड १ – ३) रहेको छ । त्यस्तै चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेको छ ।

प्रकाशित मितिः २०७७ साउन २१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *