नेपालमा कोरोना कहर १२ जिल्लामा निषेधाज्ञा

भक्तपुर न्यूज

२१ साउन २०७७ १:१४

नेपालमा  कोरोना कहर  १२ जिल्लामा निषेधाज्ञा

काठमाडौं । दशैभर कोरोना संक्रमणको जोखिम बढ्दो अवस्थालाई नियालेर केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।

सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ ।

जिल्लामा संक्रमणको अवस्था हेरेर थप जिल्लाले समेत निषेधाज्ञा जारी गर्नुपर्ने वा नपर्ने निर्णय गर्ने अधिकार जिल्लास्थित प्रमुख जिल्ला अधिकारीलाई दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

संक्रमणको गति फैलन सक्ने भन्दै अन्य जिल्लाले समेत जिल्लाभित्र हुने गतिविधिमा नियन्त्रण गर्न स्थानीय प्रशासनलाई सक्रिय बनाएका छन् । यस्तै, भारततर्फका नाकासँग जोडिएका सीमा क्षेत्रमा समेत स्थानीय प्रशासनले कडा निगरानी राख्दै आइरहेका छन् ।

प्रकाशित मितिः २०७७ साउन २१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *