भक्तपुरका १३ जनासहित काठमाडाैं उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार काठमाडौँमा ४८, भक्तपुरमा १३ तथा ललितपुरमा १ जनामा संक्रमण पुष्टि जानकारी दिएका हुन् ।
डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका ११ जना र काठमाडौंका ३८ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका २ जना र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीआईडीएच ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका ३ जनामा संक्रमण पुष्टि भएको हो। नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।
प्रकाशित मितिः २०७७ साउन २० मंगलबार