पछिल्लो २४ घण्टामा थपिए २५९ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २१ हजार ९ जना पुग्यो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । मंगलबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।
मंगलबारसम्म १० हजार ४५२ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ९ सय २५ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ८७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख ६ हजार ५९४ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
प्रकाशित मितिः २०७७ साउन २० मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १६:३३
सरकार र शिक्षकबिच झन–झनै दूरी बढ्दै
९ वैशाख २०८२ १५:३६