जनयुद्ध र जनभावनाको मुद्दा बोक्न नसकेपछि नेकपा माओवादी पुनर्गठन

भक्तपुर न्यूज

२० साउन २०७७ ९:५९

जनयुद्ध र जनभावनाको मुद्दा बोक्न नसकेपछि नेकपा माओवादी पुनर्गठन

भक्तपुर । जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेपछि (नेकपा माओवादी) पुनर्गठन भएको घोषणा गरिएको छ । रफत संचार क्लवमा आज पत्रकार सम्मेलन गरी ३१ सदस्यीय केन्द्रिय कमिटी निर्माण भएको घोषणा गरिएको हो ।

(नेकपा माओवादी) पुनर्गठन भएको घोषणा गर्दै नव–गठित (नेकपा माओवादी)का अध्यक्ष जुनेल जीपीले हाल सत्तारुढ दल नेकपाले सर्वहारा जनताको मुद्दा स्थापित गर्न नसकेको र सत्ताकै लागी मात्र लडाई गरेकाले बाध्य भएर आफूहरुले (नेकपा माओवादी) पुनर्गठन गर्न बाध्य भएको बताए ।

देशको निकास र विकासका लागि नेकपाले काम गर्न नसकेकाले आफूहरुले (नेकपा माओवादी) पुनर्गठन गरेको भन्दै उनले भने, “प्रचण्ड र बादलसँग पटक पटक वार्ता गर्दा पनि जनयुद्धका घाइते, अपागं, मजदुर किसानको मुद्दालाई बेवास्ता गरेपछि पार्टी पुनर्गठनको घोषणा गरिएको हो ।”

घोषणा सभा कार्यक्रममा नव–गठित (नेकपा माओवादी)का प्रवक्ता डेनीस सिंहले आर्थिक सामाजिक रुपान्तरण र सर्वाहारा जनताको मागलाई उपेक्षा गरिएपछि आफूहरुले (नेकपा माओवादी) घोषणा गर्न बाध्य भएको बताए । उनले हालको अवस्था सम्म पुग्न १० वर्ष जनयुद्धका नाममा प्रचण्ड लगायतका नेताले १७ हजारको बलिदानलाई सत्ताका लागि खुडकिलो मात्र बनाएका कारण आफूहरु ती सहिदको भावनालाई मध्यनजर गर्दै नवगठित पार्टी घोषणा गरिएको बताए ।

उक्त नवगठित (नेकपा माओवादी)मा साविक (नेकपा माओवादी) केन्द्र सँग आवद्ध भएका ३१ सदस्यीय नेताहरुले पार्टी पुनर्गठन गरेका हुन् । हालै साविक नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएसँगै राष्ट्रिय राजनीतिमा हलचल पैदा भएको थियो । नवगठिन नेकपा माओवादी घोषणाले सत्तारुढ दल नेकपा र राष्ट्रिय राजनीतिमा हलचल आउने राजनीतिक विश्लेषकहरुको अनुमान रहेको छ ।

प्रकाशित मितिः २०७७ साउन २० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *