पछिल्लो २४ घण्टामा थपिए ४१८ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २०,७५० पुग्यो

भक्तपुर न्यूज

१९ साउन २०७७ ११:१४

पछिल्लो २४ घण्टामा थपिए ४१८ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २०,७५० पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । सोमबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २०,७५० पुगेको छ ।

सोमबारसम्म १० हजार ४५२ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ५ हजार ७३२ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ७ हजार १३७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ३ लाख ९८ हजार ९०७ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

प्रकाशित मितिः २०७७ साउन १९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *