भक्तपुरमा भ्यागुतोलाई भात खुवाएर जनैपूर्णिमा मनाइदै

भक्तपुर न्यूज

१९ साउन २०७७ ८:४४

भक्तपुरमा भ्यागुतोलाई भात खुवाएर जनैपूर्णिमा  मनाइदै

भक्तपुर । भक्तपुरमा आज जनैपूर्णिमा भ्यागुतोलाई भात खुवाएर मनाईको छ । आज किसानहरुले धान खेतमा गएर भ्यागुतोलाई मनपर्ने रोटी, तरकारी, फलफुल र भात खुवाउन परम्परा रहेको छ । धान खेतमा हुने किरा खाई अन्नको रक्षा गर्ने भ्यागुतोलाई बर्षको एक दिन आज पुजा गरि खान खुवाउने प्रचलन रहेको छ । नेवार समुदायले जनैपुर्णिमाको दिन नौ थरि गेडागुडी मिस्रित क्वाँटी समेत खाने गर्दछन् ।

भक्तपुरका बिभिन्न स्थानमा आज जनैपूर्णिमा मनाइएता पनि यो बर्ष कोरोनाको उच्च जोखिमका कारण सुनसान प्राय नै रहयो । यस्तै प्रत्येक बर्ष जनैपुर्णिमाको दिन मेला लाग्ने भक्तपुरको औद्योगिक क्षेत्र स्थित कालिदहमा पनि सुनसान बनेको छ ।

विहानै पुजाअर्चना गर्न केहि स्थानियहरु पुगेपनि प्रहरीले कालिदह कुन्ड सम्मको प्रवेशमा रोक लगाएको थियो । दह वरपर हातमा डोरो बाँध्न बसेका पुरोहितहरुको कारण मानिसहरुको भिड बढ्न थालेपछि प्रहरीले पुरोहितहरुलाई केहि घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।

प्रत्येक बर्ष जनैपुर्णिमाको दिन हिन्दु परम्पर अनुसार जीवन रक्षाका लागि हातमा डोरो बाँध्ने, रक्षा बन्धन गर्ने र जनै फेर्ने प्रचलन रहेको छ ।

प्रकाशित मितिः २०७७ साउन १९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *