आधुनिकतामा हराउँदै हाम्रो चाडपर्वहरु

भक्तपुर न्यूज

१९ साउन २०७७ ७:३०

आधुनिकतामा हराउँदै हाम्रो चाडपर्वहरु

काठमाडौं । आज जनै पूर्णिमा, क्वाटी खाने दिन, रक्षा बन्धन र संस्कृति दिवस पनि । श्रावण महिनालाई चाडवाडको महिना मान्न सकिन्छ । साउने सक्रान्तीबाट सुरु हुने महिना शिवको उपासनाको महिना पनि हो ।

पछिल्लो समय भने हामी आधुनिकताको बाहानामा चाडपर्वलाई उपेक्षा गर्न थालेका छौं । चाडपर्व मनाउनुलाई आडम्बर वा ढोंग भन्ने मानसिकता पनि व्यापक बन्दै गएको छ । तर, बेलामौकामा आउने चाडपर्वले हामीलाई बेग्लै खुसी, उर्जा र उमंग दिन्छ ।

अहिले हामी चाडपर्व त मनाएको जस्तो गर्छौं, केवल अरुलाई देखाउनका लागि । अर्थात चाडपर्व मनाए जस्तो गरेर फोटो खिच्ने, सामाजिक संजालमा पोस्ट गर्ने प्रवृत्ति मौलाएको छ । मानौं चाडपर्व भनेकै फोटो खिचेर अरुलाई देखाउनका लागि भनेजस्तै भएको छ । यसबाट एउटा कुरा भने फाइदा मिलेको देखिन्छ । देश-विदेशमा भएकाहरुलाई फलानो चाड कहिले भनेर चासो हुन थालेको छ र सामाजिक संजालमा फोटो देखेरै चाडपर्वबारे हेक्का राख्न थालिएको छ । यद्यपि चाडपर्वको आफ्नै विशिष्ष्ठ महत्व हुन्छ । हरेक चाडपर्वले कुनै न कुनै रुपमा मानव समाजलाई एकढिक्का बनाउने, आपसी सद्भाव र प्रेम जगाउने काम गर्छ । झट्ट हेर्दा चाडपर्व ढोंग वा आडम्बर लागेपनि यसको आफ्नै मर्म र विशेषता हुन्छ । चाडपर्वको अर्थपूर्ण र वैज्ञानिक महत्व हुन्छ ।

यसो भनिरहँदा के लाग्न सक्छ भने, म निकै धार्मिक प्रवृत्तिको व्यक्ति हुँ । म एकदमै आस्तिक होइन, न नास्तिक नै । यद्यपि यहाँ मैले आफ्नो भोगाई र बुझाई लेख्न खोजेकी हुँ ।

अक्सर हामी काम, करियर, परिवारको चक्करमा दैनिक यस्तो दौडधूपमा हुन्छौं कि आफैलाई भुलिरहेका हुन्छौं । पैसा, करियर, प्रतिष्ठा, सम्पतिको पछाडि दौडिएर हामीले आफ्नै जीवनको मूल्य भुलिरहेका हुन्छौं । सामाजिक मान्यता र मूल्यलाई लत्याइरहेका हुन्छौं । जबकी चाडपर्वले हामीलाई यस्तो धपेडीपूर्ण जीवनबाट आलग गराएर केही समय भएपनि विश्राम दिलाउँछ । जीवनको मूल्य बोध गराउँछ । समाज र संस्कृतिसँग एकाकार गराउँछ ।

खासमा त चाडपर्वले हामीलाई मानसिक र भावनात्मक रुपमा बलियो बनाउन मद्दत गर्छ । मनलाई सधै उत्साहित बनाइराख्छ । शरीरलाई उर्जा प्रदान गरिरहन्छ । आज जनै पूर्णिमा भन्नसाथ हाम्रो मन, मस्तिष्कमा क्वाटि खानु पर्छ भनेर उत्साहित हुदै गेडागुडी भिजाएर उमार्न सुरु ग¥यौं । जुन समय तपाईंको मनमा आउने उर्जालाई नै आनन्द मान्न सक्नु हुनेछ । मान्नुस नमान्नु भोलि पुरोहित भएको ठाउँमा गएर डोरो बाध्नु छ जनै लगाउनु छ भनेर अघिल्लै दिनबाट उत्साहित हुनु हुनेछ । दाजुभाईलाई राखी लगाएर माग्ने गिफ्टको वारेमा कति दिन अगाडी देखि नै उत्साहित हुन पाईन्छ ।

कहिले काहीँ मनाउने यस्ता सामान्य चाडपर्वको हामीले महत्व बुझ्ने मात्र हो भने पनि हाम्रो एक दिन मात्र किन नहोस् त्यसैलाई नै महत्वपूर्ण बनाउन सक्छौं ।

बाल्यकालमा फर्कन मनलाग्यो । नाग पन्चमी, रक्षा बन्धन जस्ता चाडपर्वका दिनमा घरमा पुरेत आउने भनेर मेरो हजुरबुबा हजुरआमाहरु विहानै उठेर नुहाईधुवाई गरेर पुरोहितलाई दिने सिदाको तयारिका साथ पुरोहितको प्रतिक्षा गर्नुहुन्थ्यो । त्यसो त पुरोहितको प्रतिक्षा हाम्रो घरमा मात्र हैन हाम्रो गाउँमा नै हुन्थ्यो । पुरोहित आएर टिका लागाएर उहाँबाट पाउने आशिर्वादले उज्यालो हुन्थ्यो हाम्रो अनुहार । अझ पुरोहितले बाँधिदिएको त्यो डोरिले त सम्पूर्ण समस्याबाट रक्षा गर्छ भन्ने विश्वास थियो हामीलाई किनभने यो रक्षा बन्धन हो जसमा पण्डितले भाती पुर्याएर पढेको मन्त्रको साथ हुन्थ्यो । यो सबै रुढिबढि भने पक्कै हैन यो चलिआएको सस्कृति हो परम्परा हो जसले हाम्रो समाजलाई एकतामा बाध्नुका साथै सकारात्मक उर्जा दिने गर्दछ । तर आज त्यो सबै सम्झनामा मात्र सिमीत छ अहिले पण्डित कुरेर बस्ने भन्दा पनि मन्दिरमा पण्डितले डोरा बाध्न आउने मानिसको प्रतिक्षा गरिरहेका हुन्छन् अझ त्याहाको माहोल नै यस्तो हुन्छ कि पुरोहित हैन त्या व्यापारि र ग्राहकको भिड छ जहा एउटा ग्राहक उम्कियो भने वा भनौ एक जनालाई धेरै समय लागायो भने अर्को छुट्ने हतारले मन्त्र उच्चारण गरेको सुन्न त परको कुरा डोरि पनि पुरा बाध्न भ्याउदैनन् उनीहरु । हामी आधुनिकताका नाममा कता जादैछौ हामीले अलिकति पनि हेक्का राखेका हुदैनौ । जसले गर्दा आधुनिकताका नाममा हाम्रो मौलीक सस्कति मासिदै गईरहेको छ ।

हाम्रो समाजको सन्दर्भमा चाडपर्वको महत्व

पश्चिमेली संस्कृति अपनाउने क्रममा हामीले कति आफ्नो सस्कृतीको बहिस्कार गर्दै गईरहेका छौ । हाम्रो समाजले मनाउदै आएका सस्कृती सबै नराम्रा छन् भन्ने हुदैन । सबै सस्कृतीका आ आफ्नै महत्वहरु रहेका छन् । हरेक चाडपर्वको पछाडी केहि न केही पौराणीक कथा लुकेको हुन्छ । जसको सम्मान गर्नु पछिल्लो पिडीको कर्तब्य पनि हुन आउछ । हामीले याद नगरेको चाडपर्वको सबैभन्दा सकारात्मक कुरा भन्न मन लाग्यो याद गर्नु भएको छ पहिला त कुनै चाडपर्व हामीले मनै देखि मनाउदै छौ भने हाम्रो मन प्रफुलीत हुन्छ, अन्य दिनको तुलनामा पुजा पाठ चाडपर्व वा कुनै धर्मको काम गदैछौ भने हाम्रो मन अन्य दिनको तुलनामा धर्मकर्ममा लागेको दिन प्रसन्न हुने गर्दछ । जब मन प्रसन्न हुन्छ तपाईका धेरै काम सकारात्मक हुने नै छन् ।

हामी नेपाली समाजमा हुर्कियका मानिस हाम्रो कला सस्कृति भेषभुषा रहन सहन अन्य देशको तुलनामा निक्कै अब्बल छ । यही कला सस्कृतिले नै हाम्रो पहिचान जोगाईराखेको छ र त हामीले इज्जतका ससाथ हामी नेपाली हुनुको गर्व गर्न पाएका छौ । आधुनिकताको नाममा आफ्नो पहिचान नभुलौ । आफ्नो कला संस्कृति चाडपर्वको सम्मान गरौ । आज संस्कृति दिवसको सबैमा शुभकामना ।

प्रकाशित मितिः २०७७ साउन १९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *