आइतबार थपिए २४६ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २०३३२
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १११ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।
आइतबारसम्म १० हजार ९३४ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ६७२ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८६१ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ३ लाख ९१ हजार २७० नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ । आज रेड जोनमा काठमाडौंका २ जना र चितवनका १ जना गरी ३ जना रेड जोनमा परेका छन् । योसंगै रेड जोनमा पर्नेको संख्या ५३८ पुगेको छ ।
आज थप एकजनाको संक्रमणका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साउन १८ आइतबार