भक्तपुरका १ सहित काठमाडाैं उपत्यकाका थप ३१ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यका तीन जिल्लाका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका २२ जना, भक्तपुरमा १ जना र ललितपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिङमा राष्ट्रिय प्रयोगशाला टेकुमा काठमाडौंका ११ जना र ललितपुरका ४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका ८ जनामा ,वीर अस्पतालमा काठमाडौंका १ जना , शिक्षण अस्पताल महाराजगंजमा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २ जना , स्टार अस्पतालमा ललितपुरका ३ जना र नेपाल-कोरिया मैत्री अस्पताल भक्तपुरमा, भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
प्रकाशित मितिः २०७७ साउन १८ आइतबार