दुई ट्राफिक प्रहरीमा कोरोना देखिएपछि बग्गीखाना ‘पूर्ण लकडाउन’

भक्तपुर न्यूज

१८ साउन २०७७ ४:००

दुई ट्राफिक प्रहरीमा कोरोना देखिएपछि बग्गीखाना ‘पूर्ण लकडाउन’

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी मशाखामा कार्यरत दुई जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि महाशाखा बग्गीखाना पूर्ण लकडाउन गरिएको छ। महाशाखा प्रमुख, एसएसपी भीमप्रसाद ढकालसहित त्यहाँ रहेका ३७५ जना प्रहरी अधिकारीहरू ‘सेल्फ क्वारेन्टाइन’मा बसेका छन्।

१६ साउनमा महाशाखमा कार्यरत दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूलाई भने अस्पताल लगिएको छ। “हामी यहाँबाट कोही पनि बाहिर निस्केका छनौँ, सबै ३७५ जना भित्रै सेल्फ क्वारेन्टाइनमा बसेका छौँ”, महाशाखा स्रोतले भन्यो, “अन्य कसैलाई प्रवेश दिइएको छैन। पूर्ण लकडाउन सरह छ।”

यद्यपि, उपत्यकाको ट्राफिक व्यवस्थापनमा भने यसले असर नपर्ने महाशाखाले जनाएको छ। “कम चाप भएको ठाउँबाट झिकेर बढी चाप हुने ठाउँमा जनशक्ति व्यवस्थापन गरिएको छ”, मशाहाखा स्रोतले भन्यो, “ट्राफिक व्यवस्थापनमा कुनै समस्या नहुनेगरी व्यवस्था मिलाइएको छ।”

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति एक हजार पाँच ५४५ जना छ। ३७५ जना क्वारेन्टानमा बसेपनि बाँकी जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

प्रकाशित मितिः २०७७ साउन १८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *