भक्तपुरका १ सहित काठमाडाैं उपत्यकाका थप ३८ जनामा कोरोना संक्रमण

भक्तपुर न्यूज

१६ साउन २०७७ ११:३२

भक्तपुरका १ सहित काठमाडाैं उपत्यकाका थप ३८ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यका तीन जिल्लाका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ३२ जना, भक्तपुरमा १ जना र ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले शुक्रबार गरेको नियमित प्रेस ब्रिफिङमा राष्ट्रिय प्रयोगशाला टेकुमा काठमाडौंका ८ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका ३ जना र ललितपुरका २ जनामा ,पाटन अस्पताल ललितपुरमा काठमाडौंका २ जना, ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा काठमाडौंका १८ जना र ललितपुरका १ जना , वीर अस्पतालमा काठमाडौंका १ जना र नेपाल-कोरिया मैत्री अस्पताल भक्तपुरमा, भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *