नेपालमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १९ हजार ७ सय ७१ पुग्यो

भक्तपुर न्यूज

१६ साउन २०७७ ११:००

नेपालमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १९ हजार ७ सय ७१ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २२४ जनाको आरटी–पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। हाल देशका विभिन्न क्वारेन्टिनमा १२ हजार १११ जना व्यक्ति बसिरहेका छन्।

प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय १६ जना रहेको छ। आज १० हजार ७ सय ६८ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो। आजसम्म कुल ३ लाख ७५ हजार ४१६ नमूनाको पिसिआर परीक्षण सम्पन्‍न भएको छ । आज काठमाडौं र नवलपरासीका दुई जना रेड जोनमा परेका छन् । अहिलेसम्म रेड जोनमा पर्नेको संख्या ५ सय ३४ पुगेको छ ।

प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *