पछिल्लो २४ घण्टामा थप १५१ जना संक्रमणमुक्त भई डिस्चार्ज

भक्तपुर न्यूज

१६ साउन २०७७ १०:४९

पछिल्लो २४ घण्टामा थप १५१ जना संक्रमणमुक्त भई डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ३ सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएको छ ।

आजसम्ममा प्रदेश १ बाट ८२९, प्रदेश २ बाट तीन हजार ७५ र बागमती प्रदेशबाट ५२६ जना कोरोना मुक्त भएका छन्। यस्तै गण्डकी प्रदेशबाट एक हजार २४४ जना, प्रदेश ५ बाट तीन हजार ९७१ जना, कर्णाली प्रदेशबाट एक हजार ७१८ जना र सुदूरपश्चिमबाट तीन हजार ८ जना कोरोनामुक्त भएको गौतमले बताए।

कुल कोरोना निको हुनेको संख्या ७२ दशमलव ८ प्रतिशत रहेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएर घर फर्किएको आजको प्रेस ब्रिफिङमा प्राडा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *