विश्वभर १ करोड ७४ लाखभन्दा बढीमा संक्रमण

भक्तपुर न्यूज

१६ साउन २०७७ २:५७

विश्वभर १ करोड ७४ लाखभन्दा बढीमा संक्रमण

काठमाडौं । विश्वभर १ करोड ७४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या १ करोड ९ लाख २७ हजार १६० छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २२१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ७५ हजार ७६२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ८६८ जनाको मृत्यु भएको छ । २८ लाख ५२ हजार २०१ जना संक्रमित भएकोमा १७ लाख १५ हजार ४५२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १६ हजार २९३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५४ लाख ३१ हजार १४४ पुगेको छ । त्यसमध्ये २७ लाख ९० हजार ३०३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९५ हजार ३९५ जनाको मृत्यु भएको छ । ४२ लाख १० हजार ३ जना संक्रमित भएकोमा ३१ लाख ७ हजार ६५० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४१ हजार ६१५ जनाको मृत्यु भएको छ । ४० लाख २९ हजार ४०२ जना संक्रमित भएकोमा २७ लाख ४० हजार ५०८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १९ हजार ३६५ जनाको ज्यान गएको छ भने ९ लाख १२ हजार ६२१ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ५९ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २१३ जनाको मृत्यु भएको छ । १८ हजार ३७ जना संक्रमित भएकोमा १२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *