भक्तपुरका २ सहित काठमाडाैं उपत्यकाका थप ४५ जनामा कोरोना संक्रमण

भक्तपुर न्यूज

१५ साउन २०७७ ११:२८

भक्तपुरका २ सहित काठमाडाैं उपत्यकाका थप ४५ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यका तीन जिल्लाका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ४१ जना, भक्तपुर र ललितपुरका २/२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङमा राष्ट्रिय प्रयोगशाला टेकुमा काठमाडौंका १९ जना र भक्तपुरका दुई जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १३ जना र त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका चार जनामा संक्रमण देखिएको हो ।

नेपाल प्रहरी अस्पतालमा काठमाडौंका तीन जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका दुई र ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मितिः २०७७ साउन १५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *