पछिल्लो २४ घण्टामा थप २२७ जना संक्रमणमुक्त भई डिस्चार्ज

भक्तपुर न्यूज

१५ साउन २०७७ ११:०८

पछिल्लो २४ घण्टामा थप २२७ जना संक्रमणमुक्त भई डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार २सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएको छ ।

आजसम्ममा प्रदेश १ बाट ८२९, प्रदेश २ बाट तीन हजार ७५ र बागमती प्रदेशबाट ५२४ जना कोरोना मुक्त भएका छन्। यस्तै गण्डकी प्रदेशबाट एक हजार २३० जना, प्रदेश ५ बाट तीन हजार ९१८ जना, कर्णाली प्रदेशबाट एक हजार ६९९ जना र सुदूरपश्चिमबाट दुई हजार ९७३ जना कोरोनामुक्त भएको गौतमले बताए।

कुल कोरोना निको हुनेको संख्या ७२ दशमलव ९७ प्रतिशत रहेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएर घर फर्किएको आजको प्रेस ब्रिफिङमा प्राडा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

प्रकाशित मितिः २०७७ साउन १५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *