सरकारको मापदण्डविपरित यात्रु ओसारपसार गर्दै साझा यातायात

भक्तपुर न्यूज

१४ साउन २०७७ ८:५५

सरकारको मापदण्डविपरित यात्रु ओसारपसार गर्दै साझा यातायात

साँगा । कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई न्युनिकरण गर्नका लागि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा सवारी जान पासको नियम लागू गरेको छ ।

सरकारले लागू गरेको यो नियम को उल्लंघन गर्दैै सरकारकै स्वामित्वमा रहेको साझा यातायातले भने विभिन्न जिल्लाबाट साँगा सम्म आएका यात्रुलाइ उपत्यका प्रवेश गर्न सहज गर्दै सरकारकै नियम उल्लंघन गरेको हो ।

काठमाडौं उपत्यकामा सवारी परिचालनको स्विकृति दिएता पनि उपत्यका बाहिर बाट भित्र प्रवेश गर्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पास आवश्यकता पर्ने नियमको पालन भने साझाले गरेको छैन ।

काठमाडौं भक्तपुर हुँदै उपत्यकाको पूर्वी नाका साँगा भन्दा पर साँगा चौकी पुगेर यात्रु खुल्ला रुपमै ओसार पसार गरेर सरकारकै नियमको धज्जी उडाइ रहेको छ । यता अन्य प्रा.लि. का यातायात भने जगाती मै यात्रु कुरेर बसेका हुन्छन् ।
यति मात्र होइन, साझाभित्र दूरी कायम गरिनु पर्ने नियमलाई समेत पालना नगरी एउटा सिटमा दुई दुई जनाका साथै यात्रुहरुलाई उभिएर यात्रु ओसार्ने काम गरिरहेको छ ।

सरकारले दुरी कायम गर्दै कोरानाको जोखिम नियन्त्रण गर्दै यात्रु ओसार पसार गर्दा एउटा सिटमा एक जना मात्र राखेर यात्रा गराइँदा भाडा दोब्बर लिनु भनेकोमा यसो नगरी यात्रु खोचेरै दोब्बर लिने गरेको एक यात्रुले गुनासो पोखेका छन् ।

के साझा बस कोराना नलाग्ने बस हो र ? उनी प्रति प्रश्न गर्छन् । साझा बसमा यात्रुको खचाखच चाप र भाडा दोब्बर लिँदै सरकारले तोकेको सिमाको समेत ख्याल नगरि सवारी चलाउँदा समेत सरोकारावाला मौन रहनु दुः खदको बिषय हो ।

त्यस्तै, यसरी सरकारले तोकेको नियमकै कारण यात्रुहरुले सास्ती खेप्नु परेको अर्का एक यात्रु बताउँछन् । सवारी कम मात्रमा उपलब्ध हुनुले नजिकका स्थानमा समेत जाँदाको भाडा दर महँगो हुनु र कोरोना नियन्त्रणमा देखाउनु पर्ने भूमिका सवारी साधनमा लागू नहुनेले झनै जोखिम देखिएको उनी बताउँछन् ।

सरकारले सवारी साधन परिचालनमा लागू गरेको नियम पालना भए नभएको अनुगमन कसले गर्ने हो र अनुगमन नगर्दा सवारी साधनबाट कोरोनाको जोखिम बृद्धि भए त्यसको जिम्मेवार को हु्ने हो भन्ने समेत प्रश्न उब्जीएको यात्रुहरु  बताउँछन् ।

प्रकाशित मितिः २०७७ साउन १४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *