उपत्यका प्रवेश गर्ने नाकाबाट ४ हजार ८ सय बढीको स्वाब संकलन

भक्तपुर न्यूज

१३ साउन २०७७ ११:५५

उपत्यका प्रवेश गर्ने नाकाबाट ४ हजार ८ सय बढीको स्वाब संकलन

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौ उपत्यका प्रवेश गर्नेहरुको सीमानामै स्वाब संकलन गर्न थालिएको छ ।

हालसम्म काठमाडौं प्रवेश गर्ने तीनवटा नाकाबाट ४ हजारभन्दा बढीको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य तीनवटा नाकाबाट आज बेलुकासम्म ४ बजेसम्ममा ४ हजार ८१३ जनाको स्वाब संकलन गरिएको जनाकारी दिएका हुन् ।

डा गौतमका अनुसार फर्पिङ नाकाबाट उपत्यका प्रवेश गर्ने ९५५ जना, थानकोट नागढुंगा नाकाबाट प्रवेश गर्ने २ हजार ९१४ जना र साँगाबाट प्रवेश गर्ने ९४४ जनाको स्वाब संकलन गरिएको छ ।

उनीहरु सबैको उपत्यकाका विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिने डा गौतमले बताए ।

लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा बाहिरबाट आउनेहरुको संख्या बढीरहेको हुँदा नाकामै स्वाव संकलनको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

गत आइतबारबाट काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकामै स्वाब संकलन गर्न थालिएको हो ।

प्रकाशित मितिः २०७७ साउन १३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *