कोरोनाबाट थप एक जनाको मृत्यु, कूल संख्या ४९ पुग्यो

भक्तपुर न्यूज

१३ साउन २०७७ ११:३३

कोरोनाबाट थप एक जनाको मृत्यु, कूल संख्या ४९ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल गाउँपालिका वडा नं ३ स्थित ६५ वर्षीय पुरुष रहेका छन् ।

उनको गत साउन ९ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनमा दम रोग रहेको थियो । उनी गत असार २४ गते भारतको बेङ्गलोरबाट असार २४ गते नेपाल फर्किएका थिए ।यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रकाशित मितिः २०७७ साउन १३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *