नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १९ हजार ६३ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११ जनाको आरटी–पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। हाल देशका विभिन्न क्वारेन्टिनमा १५ हजार ३३१ व्यक्ति बसिरहेका छन्।
प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार १२९ रहेको छ। आज ५ हजार ३२ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो।
विगत २४ घण्टामा पीसीआर विधिबाट ३,३०० वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३५२,३०७ रहेको छ।
प्रकाशित मितिः २०७७ साउन १३ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४