भक्तपुरका लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ
भक्तपुर । लागुऔषध मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले आइतबार सूर्यविनायक नगरपालिका-५ बस्ने दीपक श्रेष्ठलाई पक्राउ गरेको हो।
४० वर्षीय श्रेष्ठ सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका-९ भोटसिपाका हुन्। उनलाई जिल्ला अदालत भक्तपुरले २०७४ असार २६ गते लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहरिँदै दुई वर्ष कैद र एक लाख रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
उनलाई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मितिः २०७७ साउन १२ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४