‘दराज महाबचत’ बजार अभियान आजबाट सुरु, साथमा उपहार जित्ने मौका
काठमाडौैं । अनलाइन बजार दराजले विशेष योजनाका साथ ‘दराज महाबचत’ बजार अभियान सुरु गरेको छ । सोमबारबाट सुरु भएको यो अभियानमा ग्राहकले बचत भौचर, बचत अफर, निःशूल्क डेलिभरी लगायतका विभिन्न सुविधा प्राप्त गर्नेछन् ।
साउन १९ गतेसम्म लागु हुने यो सेलमा ग्राहकले चाहेको हरेक सामानमा भारी मात्रामा बचत गर्न सक्ने कम्पनीले जनाएको छ । यसबाहेक, ग्राहकले ईसेवा मार्फत थप २० प्रतिशत (१००० रुपैयाँसम्म), र मेगा बैंक, सनिमा बैंक, नबिल बैंक, ग्लोबल आईएमई, माछापुछ्रे बैंक, एनएमबी बैंक लगायतका पार्टनर बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत प्रिपेमेन्ट गर्दा थप १५ प्रतिशत (२००० रुपैयाँसम्म) छूट पाउन सक्ने छन् ।
यसका साथै ग्राहकले विभिन्न उपहार समेत जित्न सक्ने बताइएको छ । जसमा सुजुकी बर्गम्यान स्ट्रिट १२५ सीसी बाइक र आईफोन एसई रहेका छन् । यसमध्ये आईफोन एसई ईसेवा र दराजद्वारा सञ्चालित वान रुपी गेम (एक रुपैयाँको खेल) मार्फत जित्न सकिनेछ ।यसमा गेममार्फत ग्राहकहरुले सोनी एक्सन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर लगायतका उपहार जित्न सक्ने छन् ।
प्रकाशित मितिः २०७७ साउन १२ सोमबार