विश्वभर १ करोड ६४ लाखभन्दा बढी मानिसमा संक्रमण

भक्तपुर न्यूज

१२ साउन २०७७ २:०९

विश्वभर १ करोड ६४ लाखभन्दा बढी मानिसमा संक्रमण

काठमाडौं। विश्वभर १ करोड ६४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । एकै दिन २ लाख १६ हजार ३४० जनामा संक्रमण देखिएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६४ लाख १२ हजार २६२ पुगेको छ ।

निको हुने संक्रमितको संख्या १ करोड ४२ हजार २१० छ । पछिल्लो २४ घण्टामा ४ हजार १०४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार ३३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १ हजार ४३६ जनाको मृत्यु भएको छ । २७ लाख ७८ हजार ७५ जना संक्रमित भएकोमा १६ लाख ७० हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ८ हजार २६० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५१ लाख २३ हजार २०३ पुगेको छ । त्यसमध्ये २५ लाख ५८ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८९ हजार ९६९ जनाको मृत्यु भएको छ । ३९ लाख १४० जना संक्रमित भएकोमा २८ लाख १६ हजार ३४५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३४ हजार ९ जनाको मृत्यु भएको छ । ३७ लाख ३६ हजार २९५ जना संक्रमित भएकोमा २४ लाख ८७ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १७ हजार ८०८ जनाको ज्यान गएको छ भने ८ लाख ५० हजार ६२८ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ९४ हजार २२४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १७७ जनाको मृत्यु भएको छ । १६ हजार १३२ जना संक्रमित भएकोमा १० हजार ६४३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मितिः २०७७ साउन १२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *