थप १ सय ३० जना कोरोना पुष्टि, कुल संक्रमित संख्या १८ हजार ६ सय १३
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३० जनाको आरटी–पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। हाल देशका विभिन्न क्वारेन्टिनमा १७ हजार ९०३ व्यक्ति बसिरहेका छन्।
प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ। आज ३ हजार ९८७ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो। आज कोहि पनि रेड जोनमा परेका छैनन् । रेड जोनमा पर्नेको संख्या ५३१ पुगेको छ ।
विगत २४ घण्टामा पीसीआर विधिबाट ३,३०० वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३४२,४५७ रहेको छ।
आज संक्रमित शून्य भएका जिल्लाको संख्या ६ पुगेको छ । पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ छन् । पाँच सय भन्दा बढी संक्रमित भएका जिल्लाको संख्या तीन रहेको छ । रौतहट, कैलाली र बाजुरामा बढी संक्रमित भेटिएका हुन् ।
प्रकाशित मितिः २०७७ साउन ११ आइतबार