नेपालमा शनिबार थप एकको संक्रमणका कारण मृत्यु

भक्तपुर न्यूज

१० साउन २०७७ १०:४७

नेपालमा शनिबार थप एकको संक्रमणका कारण मृत्यु

काठमाडौं । नेपालमा शनिबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार वीरगञ्जको नारायणी कोरोना विषेश अस्पतालमा उपचारत एकजना कोरोना सङ्क्रमित किशोरीको शुक्रबार मृत्यु भएको हो । बाराकी १७ वर्षीया किशोरीको शुक्रबार नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।

प्रकाशित मितिः २०७७ साउन १० शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *