फोटो पसलले ‘कोभिड–१९ फोटो प्रतियोगीता’ गर्ने

भक्तपुर न्यूज

९ साउन २०७७ ८:०६

फोटो पसलले ‘कोभिड–१९ फोटो प्रतियोगीता’ गर्ने

काठमाडौं । विश्व फोटो दिवस अगस्ट १९ को अवसरमा फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगीता’ गर्ने भएको छ । आम नेपाली नागरिकले यस प्रतियोगिमा सहभागि भै पुरस्कार र प्रमाण प्रत्र प्राप्त गर्न सक्ने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोभिड १९ ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता संगै कोभिड १९ को असर र प्रभावलाई इतिहासमा भावि पुस्तालाई दस्तावेज तयार गर्ने लक्ष्यले कोभिड १९ फोटो प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक संस्थाले जनाएको छ ।

प्रस्तुत पतियोगितामा देश तथा विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार र फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीले समेत प्रतियोगितामा नि:शुल्क सहभागी हुन सक्ने जनाउदै आयोजक संस्थाले प्रतियोगितामा सहभागी हुनका लागि फेसबुक पेजमा रहेको जिमेलमा ओरजिनल फाइल फोटो कम्तिमा पनि ठुलो साइजमा प्रिन्त गर्न मिल्ने र आफैले खिचेको फोटो पठाउनु पर्ने र प्रतियोगिताको बिजेता छनोटका लागि आयोजक कमिटिले वरिष्ट फोटोग्राफर, वरिष्ठ फोटो पत्रकार सहितका ३ सदस्यीय  निर्णायक मण्डलले उत्कृष्ट फोटो छनोट गर्दै  भाद्र ३ गते नतिजा घोषित गर्दै प्रथम पुरस्कार रू २५ हजार, दोस्रो पुरस्कार रू १० हजार र तेस्रो पुरस्कार रू ५ हजार सम्मान स्वरूप प्रदान गर्ने  फोटो पसलले जनाएको छ।

साथै प्रतियोगितामा सहभागी हुन चाहनेले कोभिड–१९ सम्वन्धि जनचेतना,सुचना एवं यसको प्रभावलाइ उजागर गराउने विषय वस्तुमा केन्द्रित रहेका फोटो साउन ३१ गते शनिवार सम्म पठाइसक्नु पर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मितिः२०७७ साउन ०९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *