भक्तपुरका दुईसहित उपत्यकामा थप ९ जनामा कोरोना पुष्टि
काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौँका पाँच जना, ललितपुरका दुई जना र भक्तपुरका दुई जनामा कोरोना भाइरसको संक्रमण भएको बताए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा ललितपुरका एक र काठमाडौँका दुई जनामा कोरोनामा पुष्टि भएको हो।
यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका तीन जना र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा। गौतमले जानकारी दिए।
प्रकाशित मितिः २०७७ साउन ०८ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४