कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु
काठमाडौं। नेपालमा कोरोना संक्रमण भएका थप एकजनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा वीरगञ्जका ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान उपचारका क्रममा गण्डक कोभिड अस्पतालमा मृत्यु भएको थियो ।
डा. जागेश्वर गौतमका अनुसार निमोनियाबाट ग्रसित वृद्धाको स्वास्थ्यमा समस्या आएपछि वीरगञ्जकै एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा वृद्धामा कोरोनाको संक्रमण पुष्टि भएपछि एडभान्स अस्पतालले गण्डक अस्पतालमा रिफर गरेको थियो। ती वृद्धा उपचारका लागि बिहीबारमात्रै गण्डक अस्पतालमा भर्ना भएकी थिइन्।
योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।
प्रकाशित मितिः २०७७ साउन ०८ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४