नेपालमा पछिल्लो २४ घण्टामा थपिए १४७ जना कोरोना संक्रमित

भक्तपुर न्यूज

८ साउन २०७७ १०:४७

नेपालमा पछिल्लो २४ घण्टामा  थपिए १४७ जना कोरोना संक्रमित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७ जनाको आरटी–पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ। आज ३ हजार ४८१ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो।

प्रकाशित मितिः २०७७ साउन ०८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *