भक्तपुरको ख्वप उच्च माविमा कक्षा ११ को अनलाईन परिक्षा शुरु

भक्तपुर न्यूज

८ साउन २०७७ १०:४१

भक्तपुरको ख्वप उच्च माविमा कक्षा ११ को अनलाईन परिक्षा शुरु

भक्तपुर । भक्तपुर नगरपालिकाले संचालन गरेको ख्वप उच्च माध्यामिक विद्यालयले कक्षा ११ मा अध्ययरत विद्यार्थीहरुको परिक्षा अनलाईनवाट लिएको छ ।

कोरोना भाइरसको जोखिमका कारण राष्ट्रिय परिक्षा बोर्डले कार्यविधि बनाएर कक्षा ११ को परिक्षा विद्यालयले नै लिने र परिक्षाफल प्रकाशित गर्ने निर्णय गरेसँगै ख्वप उच्च माध्यामिक विद्यालयले अनलाईन परिक्षा लिएको हो । परिक्षा यही साउन ४ गते बाट लिइएको थियो । एक दिनमा तीन वटा सिफ्टमा परिक्षा लिएको थियो । दिन विराएर विज्ञान तथा मानविकी र व्यवस्थापन संकाएको परिक्षा लिन गरेको विद्यायलय व्यवस्थापन ले जनाएको छ ।

राष्ट्रिय परिक्षा बार्डले कक्षा ११ को परिक्षा नलिने तर कक्षा १२ को परिक्षा असोज मा लिने निर्णय गरेको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको आन्तरिक मुल्याङ्कनको आधारमा मात्र १२ भर्ना हुन पाउने व्यवस्था परिक्षा बोर्डको थियो । विज्ञान, मानविकी र व्यवस्थापन संकायमा अध्ययरत करिव १६ सय विद्यार्थीको परिक्षा अनलाईनवाट लिएको हो । विद्यालयका प्राचार्य रुपक जोशीका अनुसार परिक्षामा ९५ प्रतिशत विद्यार्थीहरुको सहभागिता रहेको छ ।

यसरी परिक्षा लिएका विद्यार्थीहरुको उत्तर पुस्तिका शिक्षकले अनलाईनवाट नै जाँच गरि नम्वर दिन व्यवस्था गरेको विद्यालय उपप्रचार्य विष्णु किसीले जानकारी दिएका छन । परिक्षा लिन विद्यालयले १० वटा कम्युटरमा जुम भिडियो सफट्वेरमार्फत अनलाईन परिक्षा लिएको छ । अनलाइन परिक्षा लिन एउटा कम्युटरमा ३० जना विद्यार्थीहरुको सहभागिता रहेको हुन्छ । राष्ट्रिय परिक्षा बोर्डले पनि कक्षा ११ को परिक्षा सम्वन्धि विद्यालयले नै लिने कार्यविधि बनाएको छ । कार्यविधि अनुसार कक्षा ११ मा डी प्लसको ग्रेडिङ नआएका विद्यार्थीहरु कक्षा १२ मा भर्ना हुन नपाउने  उल्लेख छ ।

प्रकाशित मितिः २०७७ साउन ०८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *