मृत्यु हुनेको संख्या ६ लाख २९ हजार २९८ पुग्यो (कहाँ, कति सूचिसहित)

भक्तपुर न्यूज

८ साउन २०७७ १:४५

मृत्यु हुनेको संख्या ६ लाख २९ हजार २९८ पुग्यो (कहाँ, कति सूचिसहित)

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ६ लाख २९ हजार २९८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ५३ लाख ६४ हजार १८३ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ९३ लाख ४३ हजार ७९६ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ४६ हजार १४२ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ८२ हजार ८९० जना, बेलायतमा ४५ हजार ५०१ जना, मेक्सिकोमा ४० हजार ४०० जना र इटालीमा ३५ हजार ८२ जनाको मृत्यु भएको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ४१ लाख १३३ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा २२ लाख ३१ हजार ८७१ जना, भारतमा १२ लाख ३९ हजार ६८४ जना, रसियामा ७ लाख ८९ हजार १९० जना र दक्षिण अफ्रिकामा ३ लाख ९४ हजार ९४८ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा अमेरिकामा १९ लाख ४२ हजार ५८८ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १५ लाख ३२ हजार १३८ जना, भारतमा ७ लाख ८४ हजार २६६, रसियामा ५ लाख ७२ हजार ५३ र चिलीमा ३ लाख ९ हजार २४१ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus

प्रकाशित मितिः २०७७ साउन ०८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *