नेपालमा बुधबार थपिए १०० जना कोरोना संक्रमित , कुल संक्रमित संख्या १८ हजार ०९४ जना पुग्यो

भक्तपुर न्यूज

७ साउन २०७७ १०:५४

नेपालमा बुधबार थपिए १०० जना कोरोना संक्रमित , कुल संक्रमित संख्या १८ हजार ०९४ जना पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल १८ हजार ०९४ जनामा कोरोना पुष्टि भएको छ।

विगत २४ घण्टामा विभिन्न २८ वटा प्रयोगशालामा ३ हजार ७७९ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। हाल देशका विभिन्न क्वारेन्टिनमा २० हजार ८४२ व्यक्ति बसिरहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७ जना विभिन्न आइसोलेसन तथा अस्पतालबाट डिस्चार्ज भएका छन्। आजसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६८४ रहेको छ। यो कुल संख्याको ७०.०१ प्रतिशत हो।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ३६८ जना रहेको मन्त्रालयले जनाएको छ। आज रेड जोनमा झापाका एकजना रहेको छ ।  मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ छ।

प्रकाशित मितिः २०७७ साउन ०७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *