रातो मत्स्येन्द्रनाथको रथारोहण साउन १० गते हुने

भक्तपुर न्यूज

७ साउन २०७७ ९:४७

रातो मत्स्येन्द्रनाथको रथारोहण साउन १० गते हुने

ललितपुर । कोरोनाभाइरस महामारीका कारण अनिश्चित बनिरहेको ललितपुरको रातो मत्स्येन्द्रनाथको रथारोहण अन्तत: हुने भएको छ । गुठी संस्थान ललितपुरले विज्ञप्ति जारी गर्दै यही शनिबार साउन १० रथारोहण गरिने जनाएको हो।

शनिबार दिनको १२:०५ बजेदेखि १२:२५ को साइतमा रथारोहण गरिनेछ । विगत वर्षहरुमा झैं गर्नुपर्ने धार्मिक कार्यहरु गर्न पनि गुठी संस्थानले सर्वसाधारणलाई आग्रह गरेको छ।

ललितपुरकै मिननाथको रथारोहण भने १३ साउनमा हुनेछ । रथ यात्राको लागि भने रथारोहणपछि छलफल हुने गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले बताए।

पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मत्स्येन्द्रनाथको जात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरू भई असार शुक्ल चौथीमा समाप्त हुने परम्परा छ। तर, यस वर्ष कोरोना महामारीका कारण जात्रा पछाडि धकेलिएको हो।

प्रकाशित मितिः २०७७ साउन ०७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *