जोर बिजोर प्रणालीको अन्त्य सार्वजनिक यातायात नियमित रूपमा चल्ने

भक्तपुर न्यूज

६ साउन २०७७ १४:४८

जोर बिजोर प्रणालीको अन्त्य सार्वजनिक यातायात नियमित रूपमा चल्ने

काठमाडौं । सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य भएको सरकारले घोषणा गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य भएको जानकारी दिएका हुन् ।

उनले भने, ‘सार्वजनिक यातायात नियमित रूपमा चल्ने भएका छन् । त्यस्तै, निजी सवारी साधनहरू पनि जोरबिजोर बिना नै चल्ने भएका छन् ।’

अब भोलिदेखि नै सबै नम्बर प्लेटका गाडी गुड्न पाउनेछन् । सरकारले यसअघि लकडाउन खुकुलो गर्ने क्रममा उपत्यकामा जोर दिनमा जोर नम्बरका र बिजोर दिनमा बिजोर नम्बरका गाडी चलाउन दिने निर्णय गरेको थियो ।

यसैगरी सरकारी कार्यालयमा लागू गरिएको दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरिएको उनले बताए ।

प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *