विश्वमै पहिलो विमान उडाउने व्यक्ति रावण भएको श्रीलंका दाबी

भक्तपुर न्यूज

६ साउन २०७७ ७:५०

विश्वमै पहिलो विमान उडाउने व्यक्ति रावण भएको श्रीलंका दाबी

काठमाडौं । दक्षिण एशियाली मुलक श्रीलंकाले पाँच हजार वर्षअघि पहिलो विमान रावणले उडाएको दाबी गरेको छ। श्रीलंका सरकारले आफ्ना नागरिकलाई रावणसम्बन्धी जे जति दस्तावेज छ, त्यो सार्वजनिक गर्न पनि अपील गरेको छ।

श्रीलंकावासीका लागि रावण एक महान् राजा थिए। सरकारले विज्ञापनमा भनेको छ, दस्तावेजले रावणको विरासतबारे चर्चा गर्न मद्दत पुग्ने छ। नागरिक उड्डयन प्राधिकरणले प्राचीनकालमा उडान भर्नका लागि रावणले अपनाएको तरिकाबारे बुझाउने पहल थालेको छ । श्रीलंकाका सिभिज एभियसन अथोरिटीका पूर्वउपाध्यक्ष शशि दानतुञ्ज भन्छन्, ‘‘मसँग यो कुरा साबित गर्ने यथेष्ट प्रमाण छन्। आगामी पाँच वर्षभित्र हामी पहिलो विमान उडाउने रावण नै थिए भन्ने प्रमाणित गर्न सक्छौं।’’

अघिल्लो वर्ष नागरिक उड्डयन विशेषज्ञ, इतिहासकार, पुरातत्वविद्, वैज्ञानिकसमेत सम्मिलित एक सम्मेलन कटुनायकेमा आयोजना गरिएको थियो। कटुनायके श्रीलंकाको ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बन्दरनाइकमा पर्छ। उक्त सम्मेलनले रावणले पाँच हजार वर्षअघि श्रीलंकाबाट हालको भारततर्फ उडान भरेको र त्यो विमान पुनः श्रीलंका फर्किएको निष्कर्ष निकालेको थियो।

नेपाल र भारतबीच रामको जन्मभूमिबारे विवाद चलिरहेका बेला श्रीलंकामा भने रावणको महिमाको खोज थालिएको छ। एकथरिको मत छ, रावणको लंका भन्नु हालको श्रीलंका होइन। त्यहीँ अर्काथरि के प्रमाणित गर्न लागिपरेका छन् भने, रावण श्रीलंकाकै थिए र ती महान् राजा थिए।

श्रीलंकामा प्राचीन लंकाका राजाबारे पछिल्लो समय निकै अभिरूचि बढेको देखिन्छ। श्रीलंकाले हालै रावण नामक उपग्रह पहिलो अन्तरीक्ष मिसनमा पठाएको थियो। महाभारतका खलपात्र रावणलाई श्रीलंकामा एक दयालु र विद्वान् राजाका रूपमा मानिन्छ। (एजेन्सी)

प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *