संक्रमितको संख्या १ करोड ४८ लाख ४५ हजार १८ पुग्यो (कहाँ कति, सूचिसहित)

भक्तपुर न्यूज

६ साउन २०७७ १:२४

संक्रमितको संख्या १ करोड ४८ लाख ४५ हजार १८ पुग्यो (कहाँ कति, सूचिसहित)

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या १ करोड ४८ लाख ४५ हजार १८ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ६ लाख १२ हजार ८२९ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ८८ लाख ९८ हजार २३९ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ३९ लाख ६१ हजार २०६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ अहिलेसम्म ब्राजिलमा २१ लाख २१ हजार ६४५ जना, भारतमा ११ लाख ५४ हजार ९१७ जना, रसियामा ७ लाख ७७ हजार ४८६ जना र दक्षिण अफ्रिकामा ३ लाख ७३ हजार ६२८ जनामा संक्रमण देखिएको छ ।

अमेरिकामा १ लाख ४३ हजार ८२६ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ८० हजार २५१ जना, बेलायतमा ४५ हजार ३१२ जना, मेक्सिकोमा ३९ हजार १८४ जना र इटालीमा ३५ हजार ५८ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा १८ लाख ४९ हजार ४७९ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १४ लाख ९ हजार २०२ जना, भारतमा ७ लाख २४ हजार ७०२, रसियामा ५ लाख ५३ हजार ६०२ र चिलीमा ३ लाख ३ हजार ९९२ जना उपचारपछि घर फर्किएका छन् ।

कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus

प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *