काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ र ललितपुरमा ३ जना संक्रमित थपिएको जानकारी दिए।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना र ललितपुरका १ जना कोरोना संक्रमण देखिएको हो । अहिलेसम्म काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या २४९ पुगेको छ। भक्तपुरमा ४९ जना र ललितपुरमा ७८ जनामा संक्रमण भएको छ। योसंगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ३ सय ७३ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साउन ०५ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १३:२४
एक तोला सुनको मूल्य दुई लाख नजिक
९ वैशाख २०८२ १७:१७